बाँकेका स्थानीय तहले गत आ.व. २०८१/०८२ मा संघ तथा प्रदेश सरकारबाट प्राप्त गरेको अनुदान बजेट ८९ प्रतिशत बढी खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सूचना अधिकारी नारायण लम्सालका अनुसार, जिल्लामा संघ तर्फ स्थानीय तहले प्राप्त गरेको बजेट ८९.०१ प्रतिशत र प्रदेश तर्फबाट प्राप्त गरेको अनुदान मध्ये ८०.१४ प्रतिशत खर्च गरेका हुन् । ‘स्थानीय तहले बाँकेमा गरेको अनुदान बजेट खर्च सन्तोषजनक छ’, लम्सालले भने ।
आर्थिक बर्ष २०८१÷०८२ मा बाँकेका आठ स्थानीय तहका लागि लागि संघ तर्फ ४ अर्ब २४ करोड ३३ लाख ७० हजार ५ सय रूपैया प्राप्त भएकोमा ३ अर्ब ७७ करोड ६८ करोड ५२ हजार २ सय ५५ रूपैयाँ खर्च भएको थियो । जुन ८९.०१ प्रतिशत हो ।
त्यस्तै प्रदेश सरकार तर्फ २५ करोड ७७ लाख ४५ हजार बजेट प्राप्त भएकोमा खर्च २ अर्ब ६५ लाख ६६ हजार ४ सय ४८ अर्थात ८०.१४ प्रतिशत खर्च भएको थियो ।
चालु आर्थिक बर्ष २०८२/०८३ का लागि संघ तर्फ ४ अर्ब ३६ करोड ५६ लाख र प्रदेश तर्फ २६ करोड ६५ लाख ३२ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
