कटुवा पेस्तोल र गोली सहित दुई पक्राउ

बाँके प्रहरीले कटुवा पेस्तोल र गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आइतबार नेपालगन्ज वडा नं. ४ बसपार्क कम्दी जाने सडक खण्डमा नेपालगन्ज उपमहानगरपालिका ९ बस्ने समिर ढपाली र राजन सोनखरलाई कटुवा पेस्तोल र गोली सहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Exit mobile version