जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कार्यालय तोडफोडमा संलग्नताको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके लगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियो लगायतका सामाग्री उपलब्ध गराउन सूचना जारी गरेर आग्रह गरेको थियो ।
त्यसैक्रममा प्राप्त प्रमाणका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पक्राउ पर्नेमा शालिकराम पाठक र दिपक टमाटा रहेका छन् । गत भाद्र २४ गते नेपालगन्जमा जेनजीको प्रदर्शनका क्रममा दर्जनौ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो ।
