आज बाँकेको नेपालगन्जमा ‘वर्तमान राजनीतिक परिप्रेक्ष्यमा लेखक तथा बौद्धिक वर्गको भूमिका’ विषयक विचारगोष्ठी तथा जेन्जेडको आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी प्रगतिशील लेखक सङ्घ नेपालको ७४ औँ स्थापना दिवस मनाइयो। प्रगतिशील लेखक सङ्घ बाँकेशाखाद्वारा आयोजित विचारगोष्ठीका मुख्य वक्ताहरू साहित्य क्षेत्रबाट सनत रेग्मी र नरेन्द्र जङ पिटर, प्राध्यापन क्षेत्रबाट उपप्राध्यापक तोयानाथ पहाडी,शिक्षाक्षेत्रबाट जितबहादुर शाह र पत्रकारिता क्षेत्रबाट शुक्रऋषि चौलागाईंँले विचार प्रस्तुत गरेका थिए। प्राडा कृष्ण घिमिरे,नेपाल पत्रकार महासङ्घ बाँकेशाखाका अध्यक्ष नवीन गिरी,प्रलेस केन्द्रीय सदस्य कल्पना पौडेलले विषयवस्तुमाथि आफ्नो मन्तव्य प्रकट गरेका थिए। कार्यक्रममा बाँकेका ४दर्जन बढी साहित्यिक बौद्धिक व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रमका प्रमुख अतिथि उपप्राध्यापक डा.हरि तिमिल्सिनाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए भने जेन्जेड आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले लेखक तथा बौद्धिक वर्गले निष्पक्ष रूपमा लोकतन्त्र गणतन्त्रको सुदृढीकरण र देखेका कुरामा मेरो तेरो नभनी लेख्नु र बोल्नुपर्नेमा जोड दिए।प्रमुख अतिथि डा.तिमिल्सिनाले जेन्जेड आन्दोलनमा गणतन्त्रविरोधी, लोकतन्त्रविरोधी देशद्रोहीहरूले ऐतिहासिक धरोहरहरूमाथि आगजनी गरेको बताउँदै गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो भन्नुभयो। प्रगतिशील लेखक सङ्घको स्थापना ७४ वर्ष अघि २००९ साल असोज ५ गते भएको थियो।यो वैचारिक संस्था भएको उल्लेख गर्नुभयो। शोषणउत्पीडनको विरोध गर्दै नेपाली समाजको यथास्थितिमा परिवर्तन,रूपान्तरण र र सामाजिक न्यायका लागि निरन्तर प्रगतिशील अभियान सञ्चालन गर्दै आएको छ। बाँकेशाखाकी अध्यक्ष चरित्रा शाह को अध्यक्षतामा र सचिव इन्दिरा गौतमको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष सुन्दर गुरुङ ले स्वागत गर्नुभएको थियो।
प्रगतिशील लेखक सङ्घ नेपालको ७४ औँ स्थापना दिवसमा विचारगोष्ठी
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने
by
Dainik Nepalgunj
April 26, 2026
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
by
Dainik Nepalgunj
April 26, 2026
सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर
by
Dainik Nepalgunj
April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
by
Dainik Nepalgunj
April 26, 2026
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
by
Dainik Nepalgunj
April 26, 2026