हिन्दु समाजको अवस्था विषयक प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका, बाँकेमा “वर्तमानमा हिन्दु समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास” विषयक प्रबुद्ध नागरिक गोष्ठी आयोजना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी रहेका थिए । गोष्ठीलाई हिन्दु स्वयंसेवक संघका राष्ट्रिय संघचालक तथा पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना र अभियानका राष्ट्रिय महासचिव देवेश झाले सम्बोधन गरेका थिए । वक्ताहरूले हिन्दु समाजको वर्तमान अवस्था, चुनौती तथा आवश्यक पहलका विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको संयोजन रामकुमार दीक्षितले गरेका थिए भने सह–संयोजक कृष्णा देवी पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् ।

गोष्ठीमा विभिन्न क्षेत्रका प्रबुद्ध नागरिकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Exit mobile version