महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको अधिवेशन आजबाट सुरु हुने भएकोछ। पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको लागि आज शुक्रबार उद्घाटन र शनिबार निर्वाचनको मिति तोकिएको छ।

२००३ मा प्रेम पुस्तकालयका नाममा स्थापना भएको पुस्तकालय २०५४ सालपछि २०७९ सालसम्म अव्यवस्थित र कार्यसमिति निष्क्रिय रहेको अवस्थामा थियो । तत्पश्चात ६ महिनाको तदर्थ कार्यसमिती र निर्वाचनपछिको ३ वर्ष पूर्वप्रधानाध्यापक बलराम यादवको अध्यक्षतामा कार्यसमिति रहेको छ। पुस्तकहरूको व्यवस्थापन नहुँदा, कार्यसमिती नहुँदा र बेवास्तामा रहँदा खण्डहर बन्ने अवस्थामा पुगेको पुस्तकालय अहिले व्यवस्थित हुँदै इ पुस्तकालयतर्फ लैजान सकिने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए। आफ्नो कार्यकालमा किताबको धुलो टकटक्याएर व्यवस्थित गर्नेदेखि पुस्तकालयमा एउटा हत थप्नेकामसमेत सम्पन्न भएको उनले बताए । अब पुस्तकालयको वाचनालय व्यवस्थापन, बालकक्ष र पुराना भएका पुस्तकहरूलाई डिजिटलाइज गरि सुरक्षित गर्ने काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

नयाँकार्यसमिति सर्वसम्मत गर्ने प्रयास भैरहेको पनि स्रोतले जानकारी दिएको छ । निर्वाचनका लागि अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा समिती गठन गरिएको छ । पुस्तकालयमा दुई सय ७३ जना आजीवन सदस्य रहेका छन् ।

Exit mobile version