अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि नेपाली मूलका ह्यारी भण्डारीले उम्मेदवारी दिने भएका छन् । उनको नेपाल घर पर्वत जिल्लाको तत्कालीन थापाठाना गाविस (हाल फलेवास नगरपालिका) हो । उनले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्मा जाने घोषणा सोमबार गरेका हुन् । उनले मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट केन्द्रमा निर्वाचन लड्ने घोषणा गरेका हुन् । २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आएका विधायक डच रुपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त खुला सिटमा उम्मेदवारी घोषणा गरेको भण्डारीले जानकारी दिए । उक्त क्षेत्रबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार आगामी मे १४ मा हुने प्राइमरी निर्वाचनको नतिजाले तय गर्नेछ । उक्त निर्वाचनमा जिते भण्डारीले नै पार्टीको नेतृत्व गर्दै आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन राष्ट्रपति जो बाइडेनको दलबाट लड्नेछन् ।
अमेरिकी संसद्मामा नेपाली मूलका भण्डारी चुनाव भिड्दै
- Dainik Nepalgunj

- Categories: World
Related Content
सुकीबारे ‘सकारात्मक सङ्केत’ को दाबी, म्यान्मामा दबाब बढ्दै
by
Dainik Nepalgunj
April 23, 2026
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
by
Dainik Nepalgunj
April 22, 2026
हतियार निर्यातमा जापानको ऐतिहासिक मोड
by
Dainik Nepalgunj
April 21, 2026
अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प
by
Dainik Nepalgunj
April 20, 2026
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
by
Dainik Nepalgunj
April 19, 2026