काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भयो । आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे । पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ । तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैटौँ स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने योजनामा छ । आजको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको हो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने योजनामा छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ । आजका लागि दुई खेल निर्धारण गरिएको छ । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ भने आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
- Dainik Nepalgunj

- Categories: News, Sports, मुख्य समाचार
Related Content
बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
by
Dainik Nepalgunj
April 29, 2026
थारु ‘फुड फेष्टिबल’ हुँदै
by
Dainik Nepalgunj
April 29, 2026
असुरक्षित चिकित्सक, स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी
by
Dainik Nepalgunj
April 29, 2026
नेपाल पत्रकार महासंघले स्थानीय सरकारलाई भन्यो, ‘विभेदकारी विज्ञापन नीति अवज्ञा गर’
by
Dainik Nepalgunj
April 29, 2026
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
by
Dainik Nepalgunj
April 28, 2026