क्रियाशील पत्रकार महिलाको आफ्नै कार्यालय

बाँकेका क्रियाशिल पत्रकार महिलाहरुले आफ्नै कार्यालय स्थापना गरेका छन् । शनिवार उनीहरुको संस्था, क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर—४ बसपार्क नजिकै कार्यालयको शनिवार एक कार्यक्रमकाबीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गरिन् ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताए

कार्यालय उद्घाटन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार महासंघका सचिव बिजय मल्ल लगायतले बोलेका थिए ।

कार्यालय स्थापना संगै क्रियाशिल पत्रकार महिला बाँकेले गर्दैे आएको सण्डे कल्ब, नियमित औपचारिक कार्यक्रम र बिशेष कार्यक्रम गर्न सहज हुने भएकाले संस्था थप सक्रिय हुँदै जाने घोषणा अध्यक्ष गिरीले भनिन् ।

Exit mobile version