गत आ.व.मा लैंगिक हिंसा पीडित चार सयले लिए ओसीएमसीबाट सेवा

लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित÷प्रभावित हुने गरेका र यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ । यस्ता समस्याहरूको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल सरकारबाट लैङ्गिक हिंसालाई प्रभावकारी एवम् कुशलतापूर्वक सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी अस्पतालहरूमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पनि २०७४ सालदेखि ओसिएमसी सेवा सञ्चालनमा रहेको छ । अस्पतालले चालु आर्थिक बर्ष २०८२÷०८३ को भाद्र मसान्तसम्म ओसिएमसी प्रमुख डा. अरविन शाक्यले जानकारी दिएका छन् । अस्पतालमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको लैंगिक हिंसा पीडितको न्यायमा एकद्वार संकट व्यवस्थापन केन्द्रको भूमिका विषयक कार्यक्रममा ओसिएमसीबारे प्रस्तुति राख्दै डा. शाक्यले ओसिएमसीबाट लैंगिक हिंसा पीडित ३ सय ५२ जनाले आर्थिक बर्ष २०७९÷०८० मा, आ.व. २०८०÷०८१ मा ३ सय ६२ जना र आ.व. ०८१÷०८२ मा ३ सय ९९ जनाले सेवा लिएको बताए ।

‘ओसिएमसीबाट सेवा प्रवाह गर्दा कानुनी जटिलता र चुनौति पनि रहेको छ’, डा. शाक्यले भने । उनले व्यक्तिको पहिचान, मुद्दा, कानुन बमोजिम समय नाघेका गर्भपतन लगायतमा कानुनी प्रावधानले कहिलेकाही सेवा प्रवाह गर्न कानुनी जटिलता हुने गरेको बताए ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गर्दै एड्भोकेसी फोरमका बसन्त गौतमले लैंगिक हिंसाका घटना चिन्ताजनक रहेको अवस्थामा उनीहरूको न्याय, उपचार लगायतमा ओसिएमसीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रम भेरी अस्पताल नेपालगन्ज, एड्भोकेसी फोरम, होप टे«निङ्ग एण्ड रिसर्च सेन्टर नेपाल तथा होप इन्टरनेशनल एकेडेमीको आयोजनामा भएको थियो ।

Exit mobile version