एन्फा ग्राउण्ड काठमाडौंमा जारी सि डिभिजन क्वालिफायर फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालगन्ज–११ ले सानदार इन्ट्रि गरेको छ ।
मंगलबार भएको क्वाटर फाइनल खेलमा भक्तपुर फुटबल क्लब काठमाडौंलाई ० का विरुद्ध २ गोल गर्दै नेपालगन्ज – ११ सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालगन्जका लागि मदन सान्ताङ र लक्ष्मण रानामगरले १/१ गोलको योगदान गरे ।
‘निरन्तरको विजयी यात्राले हामीलाई सि डिभिजन क्वालिफायरको यात्रामा सफल बनाउने कुरामा ढुक्क छु’, नेपालगन्ज – ११ का प्रशिक्षक जनक केसीले भने । टिम प्रमुख घनश्याम थापाले सि डिभिजनको सपना पूरा हुनेमा आफु ढुक्क भएर खेलाडीलाई हौसला दिइरहेको बताए ।
