कथाकार जीत बहादुर शाहाको नविनतम् कृति “धानाकर्षण” माथि ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक डम्बर खत्रीले जीतबहादुर शाहको लघुकथा कृति ” ध्यानाकर्षण” को समीक्षा गर्दै यो कृति अनुभवहरूको सङ्गालो भएको बताउनु भयो । जुन सुकै उमेर समुहका व्यक्तिहरूका लागि समेत उपयुक्त रहेको यो सङ्ग्रहले राजनीतिक, सामाजिक र शेैक्षिक विषयवस्तुलाई बढी जोड दिएको बताउनु भयो । कृति भित्र रहेका छपन्न ओटा कथाहरूले कुनै न कुनै रूपमा जीवन उपयोगी दर्शन वा सन्देश बोकेको हुनाले “ध्यानाकार्षण” कृतिको महत्व रहेको बताउनु भयो ।
कृतिकार जीतबहादुर शााहले आफ्नो लेखनको विषयवस्तु समाज र विद्यार्थी भएकोले साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया गर्न पाउँदा खुुसी लागेको बताउनु भयो । उहाँले अध्ययन र अभ्यासले मानिसलाई परिपक्व बनाउने बताउँदै साहित्यमा अध्ययन र अभ्यासको औचित्व औलाउनु भयो ।
उपप्रध्यापक दिनेश अर्यालले सहजिकरण र विमला खत्रीले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा जीत बहादुर शााहलाई विद्यार्थी तथा साहित्यकारहरूले ध्यानाकार्षण कृति माथि दर्जन बढी प्रश्नहरू सोधेका थिए ।
कार्यक्रममा साहित्यकारहरू छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभााकर विश्वकर्मा, भिम खरेल, केशव सिग्देल, तिलक के.सी. डोलराज अर्याल लगायत दर्जनौं उपप्रध्याक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।