आदर्श माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूको सिर्जनशीलता विकासका लागि शुक्रबार कला तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
बर्षेनी विद्यार्थीहरूको क्षमता विकास र बिस्तारका लागि यसरी विज्ञान प्रदर्शनी आयोजना गरिंदै आएको विद्यालयका चिफ डाइरेक्टर इश्वर पोखरेलले जानकारी दिए ।
सयौं विद्यार्थीको सहभागितामा भएको कला तथा विज्ञान प्रदर्शनीमा अभिभावकहरूले आफ्ना सन्तानका सिर्जनशीलता र क्षमतालाई नजिकबाट नियालेका थिए ।
कार्यक्रममा विद्यालयका एकेडेमिक एडभाइजर प्रकाश लामिछाने, एनएमसी क्याम्पस प्रमुख तसवर खान, अभिभावक सञ्जोग कृष्ण श्रेष्ठ लगायतले बोलेका थिए भने सम्पूर्ण प्रदर्शनी कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य टंक प्रसाद गौतमले गरेका थिए ।
‘दिनभरीजसो नै विद्यार्थीहरूले आफ्ना कला र विज्ञानका सिर्जनशीलता आफ्ना अभिभावक तथा अतिथिहरू माझ ‘ब्रिफिङ’ गरेका थिए ।
