किड्स किङ्डममा विज्ञान प्रदर्शनी

नेपालगन्ज स्थित किड्स किङ्डका बालबालिकाहरुको सिर्जनशिलता उजागर गर्न विज्ञान प्रदर्शनी तथा फुड्स फेष्टिबल आयोजना गरिएको छ । युकेजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रदर्शनीको उद्घाटन किड्स किङ्डम नेपालगन्ज प्रालिका अध्यक्ष माधव अधिकारी र शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

विद्यालयमा अध्ययरत बालबालिकाहरुमा सिर्जनशीलताको विकास र उन्नयनका लागि यसखालको आयोजना गरिएको जानकारी दिंदै विद्यालयका प्रिन्सिपल कृति पाण्डेले सबै जसो विद्यार्थीहरुको सहभागितामा उत्कृष्ट प्रदर्शनी आयोजना गर्न सफल भएको बताइन् । अभिभावकहरु बीच दर्जन बढी सामूहिक सांगीतिक प्रस्तुति गरेका विद्यार्थीहरुले रोबोटिक, पार्टस् अफ प्लान्टस्, फुड ग्रेन, फ्रुट एण्ड भेजिटेबल, पानीको स्रोत जस्ता शिर्षकमा आफ्ना प्रस्तुतिकरण प्रदर्शनीमा राखेका थिए । त्यस्तै, प्रोजेक्ट वर्क अन्तर्गत विभिन्न चार समूहमा डे एण्ड नाइट ट्राफिक लाइट, सिजन लगायतका समूह कार्य प्रस्तुत गरेका थिए ।

फुड फेष्टिबलका क्रममा विभिन्न पाँच समूहमा कक्षा ३ का विद्यार्थीले चलनचल्तीका खानाका परिकारहरु बनाएर स्टल राखेका थिए । कार्यक्रमका अतिथि शिखा एकेडेमीका अध्यक्ष गोपाल अधिकारीले बालबालिकाको आधारभूत शिक्षाका लागि किड्स किङ्डमले गरिरहेको पहल र प्रयास साँच्चिकै सराहनीय रहेको बताए ।

त्यस्तै, शिक्षा विकास तथा समन्वय इकाइ नेपालगन्जका प्रमुख धनसुदन चौलागाईले विद्यालयका उपलब्धी र प्रस्तुतिहरुसँग सम्बन्धित रहेर विषयवस्तुमाथि चर्चा गरेका थिए ।

Exit mobile version