क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिने घोषणा कार्यान्वयनका लागि देशव्यापी अभियान सुरु गरेको छ ।
त्यसक्रममा सोमबार पत्रकार सम्मेलन गरी गत मंसिर १६ र १७ गते पार्टीको केन्द्रीय चौथो पूर्ण बैठकबाट संसदीय निर्वाचन बहिष्कार घोषणा गरेको जानकारी दिंदै पोलिटब्यूरो सदस्य दिपक बहादुर शाहीले भने, ‘त्यसविरुद्ध चरणबद्ध आन्दोलनमा पार्टी जुटेको छ ।’
पार्टी जिल्ला सेक्रेटरी पि.टीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भेरी कर्णाली इन्चार्ज समेत रहेका शाहीले त्यसबीच भ्रष्टाचार विरुद्ध ‘भौतिक कारवाहीका’ योजना समेत सुनाए ।
पार्टी केन्द्रीय सदस्य गुणनिधी आचार्यले माघ २७ गतेसम्म विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम जानकारी दिंदै भने, ‘तेस्रो चरणको आन्दोलन त्यसपछि तय हुनेछ ।’
