नमूनाले पार्टी छाड्ने, प्रगतिशिलबाट उम्मेदवारी दिंदै

नेपाली कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ कृष्णा केसी (नमूना)ले पार्टी छाड्ने तयारी गरेकी छिन् ।

लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेकी पूर्व मन्त्री नमूनाले प्रदेश सभा सदस्यबाट पनि राजिनामा दिनेछिन् ।

नेतृ नमूना जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बाँके क्षेत्र नं. १ बाट उम्मेदवारीको तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ ।

Exit mobile version