For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, February 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

अराजकतालाई परास्त गरौं

byDainik Nepalgunj
February 13, 2026
in विचार
0 0
0
अराजकतालाई परास्त गरौं
Share on FacebookShare on Twitter

कुनैपनि देशको शासन व्यवस्थामा अराजकतालाई स्थान हुनुहुँदैन । चाहे त्यो शासन प्रशासनमा होस् या दलीय राजनीतिमा । लोकतान्त्रिक व्यवस्थाले अराजकताको आडमा सत्ता हासिल गर्ने वा पपुलरिज्मको शुली बनाउने र त्यसैको बलमा भ्रम सृजना गरेर सत्तासीन हुने र त्यसपछि शासकीय अराजकतालाई पृष्ठपोषण गर्ने कुराको कुनै स्थान नै हुनु हुँदैन । शासकीय स्वरूप जुनसुकै होस् या शासक जोसुकै बनोस् त्यो कुराले त्यतिखेरसम्म कुनै तात्विक अर्थ राख्दैन जबसम्म शासनमा पुग्ने व्यक्ति जनतामा रोपेको अराजकताको खतीउपतीबाट कमाएको अवास्तविक मतबाट चुनिएर आइरहन्छ । देश र जनताको हितको लागि अराजकताबाट आर्जित पपुलरिज्म र शक्तिलाई निरुत्साहित गर्नैपर्दछ ।

नेपालमा २०४६ सालयता भएको पहिलो आम निर्वाचनमापछि सरकारहरू जे जसरी अस्थिर हुँदै गए त्यसले बहुदलीयता भित्रका राजनीतिक क्रियाकलापहरू आम जनताबाट टाढिदै गए । बहुदलीय व्यवस्थाभित्र जनताले खोजेको सुशासन, सार्वजनिक सेवा प्रवाहमा हुनुपर्ने शासकीय इमान्दारिता कतै न कतै दलीय स्वार्थको अझ भन्नुपर्दा नेता सापेक्षतावादमा चुलिँदै जाँदा समाजमा बिभिन्न खाले अराजकताले ठाउँ पाउन थाल्यो । ‘हिरालाई हिरैले काट्छ’ भने झैं अराजकतालाई निस्तेज पार्न अर्को अराजकता निश्चित बन्दै गयो ।

कुनैपनि समाजका समस्याहरू द्धन्द्धबाटै मात्र समाधान हुन्छन्, हिंसात्मक बिद्रोहबाट मात्रै समाधान हुन्छन् भन्ने सोच वामबन्थी सोच हो । नेपालमा यो सोचले जनजनमा जरा गाढेको छ । कुनै देशकाल परिस्थिति र कालखण्डमा भएको हिंसात्मक विद्रोह र त्यसबाट बदलिन पुगेको समाजको उदाहरण हरेक देशमा र हरेक कालखण्डमा हुबहु लागू हुन्छ भन्ने कुरा सत्य हुन सक्दैन । हरेक द्धन्दपछि पनि चाहिने सहृदयता नै हो । सहृदयता बीना समाजका कुनैपनि समस्याको समाधान हुनैसक्दैन । नेपालका राजनीतिक दल र यसका नेताहरूले पछिल्लो तीन दशकमा सहृदयताको बाटो लगभग त्यागेको देखिन्छ भने यसैको जगमा बन्ने भत्किने सत्ता राजनीतिले देशको दुर्दशा हुँदै गएको पनि देखिन्छ ।

दुर्भाग्य नै भन्नुपर्छ नेपालमा सत्ताको भर्याङ्ग नै कमोबेस हत्याहिंसा, अराजकता र समाजिक आर्थिक संरचनाहरूको बिनासलाई बनाइयो । समाज परिवर्तनको आधार यहाँको धार्मिक साँस्कृति र सभ्यतागत आधारलाई बनाइएन । एउटा सत्तालाई फ्ँयाक्न र अर्को दल वा व्यक्ति सत्तामा पुग्न समाजमा हरेक किसिमका अराजकतालाई मलजल गर्ने काम भयो ।

२०५१ सालमा बहुदलीयतामा बनेको पहिलाको सरकारको पतनपछि शासनमा अर्कै किसिमको अराजकताको सृजना भयो । वामपन्थको खोलभित्र देशहित बिपरित एफएनजिओलाई नाच्न दिएर, सस्ता तर दृघकालीन रूपमा देशले थेग्न नसक्ने योजनाहरू ल्याएर जसरी शासकीय अराजकता ल्याउन थालियो यसलाई निस्तेज पार्न भन्दै २०५२ बाट अर्को अराजकताको शुरुआत भयो ।

साल २०६२ सम्म आइपुग्दा देशमा सबैखाले अराजकताका शुत्रधारहरूको जमघट एउटै मञ्चमा भैसकेको थियो । यहाँ व्यक्तिगत भन्दा पनि अराजकता पक्षधरहरूको सामुहिक स्वार्थको भकारी बाँधियो र दशक लामो हत्याहिंसाको जगमा निकास र विकासको खाका कोरियो । आफुलाई परिवर्तनकारी, समाजिक रूपान्तरणका वाहक, विकास र समृद्धिका स्वप्न वाहकको रूपमा स्थापित गरेर भौतिकवादमा पछि परेको नेपाली समाजमा विदेशको विकासको सपना बाँडेर सत्तामा जाने भर्याङ्ग तयार भयो ।

जनताले दशक लामो हत्याहिंसा र अराजकताबाट उन्मुक्ति खोजिरहेका थिए । रत्नाकर पनि वाल्मिकी बन्न सक्छ भन्ने विश्वास राख्ने समाजमा कतिपयलाई यस्ता अराजकतावादीहरू पनि परिवर्तनका संवाहक बन्न सक्छन भन्ने आशा जाग्नु कुनै नौलो भएन । यसैको जगमा नेपाली राजनीतिको दिशा र दशा बदलियो । शासक फेरियो । जनताले चुने पनि । तर त्यो जुन जगबाट आएको थियो त्यसले दिने परिणाम पनि त्यसैको सेरोफेरोमा हुनु नै थियो जनताको गाउँघरबाट शासकीय अराजकतामा पुग्यो । जनतामा फेरि अर्को शासक खोज्ने मृगतृष्णा चुलिँदै गयो ।

अहिले समयले नमागेको तर अराजकताले जन्माएको निर्वाचन हुन गैरहेको छ । देशको आर्थिक, समाजिक, राजनैतिक परिस्थिति भन्दा भिन्न यो निर्वाचनको जग नै अराजकतामा अभिएकोले यसले यदि २०६४ सालको जस्तो परिणाम दिएमा नेपालमा एउटा कुरा मज्जैले स्थापित हुने देखिन्छ त्यो हो ’सत्ताको लागि जुनुसुकै हदसम्मको अराजकता निम्त्याउनुपर्छ, सत्ताको शक्तिको लागि आफ्नै देशबासीको अवाञ्छित हत्या गर्नुपर्छ, देशको सम्पत्ति र सम्पदालाई आगो लगाउन परेपनि र देशका युवाहरूको मनस्थितिमा अराजकता भित्र मात्रै असली हिरोइज्म छ भन्ने स्थापित गराउनुपर्छ ।’

एकपटक नेपाली समाजले हत्याहिंसा, आतंक, समाजिक कित्ताकाट, जातियतावाद र क्षेत्रियतावाद जस्तो अति घृणित अराजकतालाई भोट मार्फत नै वैद्यानिकता प्रदान गरेर जुन गल्ती गरेको थियो त्यसलाई सुधार्न खोज्दै थियो । समाजमा अनेकखाले अराजकता भन्दा पृथक आफ्नै मौलिकतामा आधारित सहृदयताको माध्यमबाट शान्तिपूर्ण तरिकाले दलीय राजनीतिलाई भोटको माध्यमबाट मुद्दा र एजेण्डाका आधारमा नियन्त्रण निर्देशन गर्ने बाटोबाट समाज फेरि च्यूत हुन खोजेको छ अहिले ।

कतिपय आधुनिक भौतिकवादीहरूलाई लाग्न सक्छ गिट्टी बालुवा सिमेन्टले बनेको ठूलो भवन जुन रङ्गरोगन र आधुनिक सजावटले चकाचौंध छ त्यो नै घर हो । तर वास्तवमा त्यो घर त्यो बेलासम्म हुन सक्दैन जबसम्म त्यहाँ बस्ने कुनै परिवार हुँदैन, त्यो परिवारमा कुनै पारिवारिक वातावरण हुँदैन । कुनैपनि भवन घर बन्न परिवार बन्ने लामो इतिहास, परम्पराको निरन्तर प्रयास, त्याग समर्पण लागेको हुनुपर्छ । यसरी नै देश बन्न पनि लामो त्याग समर्पण लागेको हुन्छ । नेपाल पनि बडामहाराज पृथ्बीनारायण शाह, बिसेनगर्ची, मनिराम गाइने र त्यो बेला आफ्नो व्यत्तिगत स्वार्थ त्यागेर राष्ट्रनिर्माणमा लागेको जनताको सामुहिक योगदानमा बनेको हो । देशका शासन प्रशासनका केन्द्रहरू, हाम्रा न्याय सम्पादनका अड अदालतहरू, सुरक्षा निकाय र प्रशासन कार्यालयहरू, जनताका श्रीसम्पत्तिका अभिलेखालयहरू, मालपोत नापी देखि बिभिन्न केन्द्रहरू कुनै एकैरातमा बनेका वा ‘छुमन्तर की बाचा’ भने झैं चटेकेले चटक देखाए झैं गरेर बनेका होइनन् । यी कुनै नितान्त गिट्टिी बालुवाका भवन मात्रै पनि होइनन्, हँदैनन् । त्यहाँ कतै २७० बर्ष देखि आजसम्मको जनताको लगानी, पराक्रमको विरासत थियो । इतिहास थियो, देश छ भन्ने पहिचान थियो । देशका जनताका परिश्रम, ऐतिहासिक वास्तुकारका पौरख कला थिए । देशका कतिपय साकार र अधुरा सपनाहरू पनि थिए । तर त्यसमाथि नितान्त कुनै राजनीति स्टनबाजीको लागि, केहि दल र यसका नेताका स्वार्थको लागि बिध्वन्शंक तरिकाले आगो लगाइयो । लूटियो । इतिहासमा सबैभन्दै निर्मम र घृणित अराजकता प्रस्तुत गरियो । अनि यसैको जगमा प्रचलित सबै विधि र विधान मिचेर नेपाली मौलिकतालाई नै चुनौती दिँदै निर्वाचनको नाटक मञ्चन भैरहेको छ । यसैमा पनि हिजो देशमा आगो लगाउनेहरूको हुँकार नै चर्को बनेको छ । अनि यस्तै अराजकतामा आफ्नो सिद्धि देख्नेहरू देखि कसैलाई देखाइदिने झ्वाङ्क चलेकाहरूले आफ्नो विवेक गुमाएर अराजकतालाई नै मलजल गर्न लागेको जस्तो देखिएको छ ।

हामी लोकतन्त्रमा छौ. । अझ लोकतन्त्र भनेको त सबैखाले अतिवाद र अराजकताको अन्त गर्ने व्यवस्था हो भनेर भनि पनि भनि रहेका छौैं । यसैका बीच पनि अराजकतालाई नै वैद्यानिकता दिनका तम्सिनु भनेको देशमा फेरिपनि अर्कोलाई अराजकताबाटै फल्न फुल्न सकिन्छ भन्ने मान्यता दिनु हो । नेपाली जनताले यसपटक धेरै विवेक पुर्याउन जरुरी छ । लोकतन्त्रमा सत्तासँग विमति राख्न पाइन्छ । राख्नु पनि पर्छ । सत्ताको निन्दा, आलोचना गर्नुपर्छ । तर त्यो कुनैपनि हालतमा हत्याहिंसा, अराजकता, अतिवादलाई प्रोत्साहन गरेर, देश जलाएर, आफ्नै सार्वजनिक सम्पत्ति र सम्पदा जलाएर, देशका उद्यमीका प्रतिष्ठान फुँकेर लूटेर सत्तासँगको विमति राख्नु वा त्यस्ता कार्य गर्नेलाई मत दिएर वैद्यानिकता दिने काम कदाचित गर्नु हुँदैन । यदि आज यो गल्ती गर्यौं भने भालि फेरि अर्कोले सत्तासीन हुनैका लागि, पपुलर बन्नैका लागि, कसैको स्वार्थ सिद्ध गराउनैका लागि केहि हजार मान्छे सडकमा उतारेर देश जलाउनेछ । देश यसरी नै जलिरहने छ । यसैले विवेक नगुमाऔं, हत्याहिंसा, आगजनी, लूटपाट, कित्ताकाट जस्ता अराजकता र अतिवादलाई भोट जस्तो वैद्यानिक माध्यमबाटै परास्त गरौं ।

Previous Post

व्यापारबाट संसदतिरको यात्राः राजनीति सेवा कि पेशा ?

Next Post

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

Next Post
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

February 14, 2026
जानकीमा साहित्यिक महोत्सव

जानकीमा साहित्यिक महोत्सव

February 14, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आठ जनाको छुट्टै खाता, अरुले गरे अटेरी

February 14, 2026
करोडको लगानीमा ग्रिन जोन

करोडको लगानीमा ग्रिन जोन

February 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version