आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उनको भनाइ छ । गएको बुधवार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो ।
आजको मौसम कस्तो छ ?
- Dainik Nepalgunj

- Categories: News
Related Content
२० हजारको फलफुल, तरकारी बरामद
by
Dainik Nepalgunj
April 24, 2026
एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
by
Dainik Nepalgunj
April 24, 2026
बैंकर्स क्लबद्वारा प्रहरीलाई कम्प्युटर
by
Dainik Nepalgunj
April 24, 2026
सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन
by
Dainik Nepalgunj
April 24, 2026
लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
by
Dainik Nepalgunj
April 24, 2026