नेपालगन्जमा संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनमा अवैध भारतीय कुखुराको अण्डा विभिन्न पसलहरुबाट फेला परेका छन् । नेपाल सरकारले अवैध तोकेको भारतीय कुखुराको सेतो अण्डा नेपालगन्ज भन्सार क्षेत्रका अधिक पसलमा अनुगमनका क्रममा फेला परेपछि बरामत गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय बाँके नेपालगन्जको मुख्य आयोजनामा भएको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाही स्वरूप अण्डा जफत गरी नष्ट गरिएको क्वारेन्टाइन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्दु रेग्मीले जानकारी दिइन् । टोलीले १५ क्यारेट बढी अण्डा बरामत गरी नष्ट गरेको थियो । अनुगमन टोलीले बजारमा अनुगमन गर्दा पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केही बेर विवाद समेत गरेका थिए । भेटेरिनरी निरीक्षक तथा वरिष्ठ पशु चिकित्सक डाक्टर गणेश पुनले अनुगमन गर्दा जानकारी नदिएर नै गर्न पर्ने हुन्छ होइन भने कमजोरी लुकाउने प्रयास हुने बताए । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक हरेराम यादवको नेतृत्वमा भएको अनुगमनले भन्सार स्थित रहेका मासु पसलमा समेत निरीक्षण गरेको थियो । मासु पसलको निरीक्षणमा केही बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा खेलासी गरेको, नवीकरण नगरेको र बिल बिजक सही नराखेको पाइएको भेटेरिनरी निरीक्षक डा. पुनले जानकारी दिए । अनुगमन टोलीले व्यवसायीक कुखुरा फार्म समेतको निरीक्षण गरेको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज उमहानगरपालिका पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने
by
Dainik Nepalgunj
April 26, 2026
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
by
Dainik Nepalgunj
April 26, 2026
सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर
by
Dainik Nepalgunj
April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
by
Dainik Nepalgunj
April 26, 2026
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
by
Dainik Nepalgunj
April 26, 2026