आज बिहीबारदेखि ‘साइकल उत्सव’ आयोजना हुँदैछ । पहिलो दिन आज ‘सिद्धार्थ किड्स रेस’ आयोजना हुँदैछ । आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अनुसार, किड्स रेसको चौथो संस्करण आज विहानै तालिम केन्द्रबाट होटल सिद्धार्थसम्मको दुरी १० बर्ष मूनिका बालबालिकाहरूले प्रतिस्पर्धात्मक साइकल यात्रा गर्नेछन् । ‘झण्डै एक सय बालबालिका बीच साइकल दौड प्रतियोगिता आयोजना हुँदैछ’, क्लबका निवर्तमान अध्यक्ष समेत रहेका नेपालगन्ज उत्सव २०८२ का संयोजक प्रदिप सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘बालबालिकालाई स्वस्थ बनाइराख्न पर्यावरण जोगाउन उपयुक्त साधनका रूपमा साइकलको प्रयोग बढाउने उद्देश्यले किड्स रेस आयोजना गरिंदै आएको हो ।’ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्मा र विश्व साइकल यात्री पुष्कर शाहले किड्स रेस उद्घाटन गर्ने कार्यक्रम छ । भोलि शुक्रबार टुर दि ठाकुरद्वाराको आठौं संस्करण आयोजना हुँदैछ । ‘२ सय ५० जना सहभागी सहित ३ सय साइकल यात्री टुर दि ठाकुरद्वाराका लागि तम्तयार अवस्थामा हुनुहुन्छ’, कार्यक्रम संयोजक सापकोटाले भने, ‘सहभागीहरू आउने क्रम पनि सुरु भैसकेको छ ।’ उनका अनुसार, केही भारतीय साइकल यात्री बुधबार नै नेपालगन्ज आइसकेका छन् ।
आज किड्स रेस
- Dainik Nepalgunj
- Categories: News
Related Content
सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने
by
Dainik Nepalgunj
April 26, 2026
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
by
Dainik Nepalgunj
April 26, 2026
सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर
by
Dainik Nepalgunj
April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
by
Dainik Nepalgunj
April 26, 2026
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
by
Dainik Nepalgunj
April 26, 2026