नेपालगन्ज साइकल उत्सव अन्तर्गत बिहीबार नेपालगन्जमा ‘सिद्धार्थ किड्स रेस’ आयोजना गरिएको छ । १ सय ९ जना १० बर्ष मूनिका बालबालिकाको प्रतिस्पर्धात्मक सहभागितामा भएको किड्स उत्साहप्रदरेसमा बालक तर्फ सल्मान इद्रिसी र बालिका तर्फ गोमा कटुवाल प्रथम भएका छन् । त्यस्तै, बालक तर्फ अंगराज टमटा द्वितीय र प्रज्ञान बस्नेत तृतीय भए । बालिका तर्फ क्रमशः श्रृष्टि गुप्ता द्वितीय र मेनका वैश्य तृतीय भएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव विजयन्द्र जिसीले जानकारी दिए । नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी को २८औं वार्षिकोत्सवको अवसरमा नेपालगन्ज साइक्लिङ क्लबले किड्स रेसको आयोजना गरेको हो । सिद्धार्थ किड्स रेस प्रतियोगिताको शुभारम्भ गर्दै नेपालगन्ज उप महानगरपालिका वडा नं१८का अध्यक्ष दिपक कुमार बर्माले बालबालिकाहरूलाई सानै उमेरमा खेलकुदका गतिविधिमा आकर्षित यस्ता प्रतियोगिताले ठुलो योगदान पुराउने बताए । उनले सानै उमेरदेखि बालबािलकालाई स्वास्थ्य र अनुसाशनमा सकारात्मक प्रभाव पार्ने गतिविधिहरू निरन्तर संचालन गर्नु पर्ने धारणा राख्दै नेपालगन्जलाई साइकल सिटीका रूपमा विकास गर्न आवश्यक रहेको औंल्याए । ‘त्यसका लागि साइकल लेन अनिवार्य देखिएको छ’, वडाध्यक्ष बर्माले भने । यस वर्षको विजेताहरूका लागि सिद्धार्थ हस्पिटालिटीले पुरस्कार स्वरूप च्याम्पियनलाई २ महिना, प्रथम रनर अपलाई १ महिना र द्वितीय रनर(अपलाई १५ दिनसम्म ट्रेनर सहितको निःशुल्क स्विमिङका साथै क्रमशः लन्च प्याकेज र खाजाको व्यवस्था गरेको जनाएको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका रिजनल एक्जिक्युटिभ डाइरेक्टर केशवराज न्यौपानेले २८ वार्षिक उत्सवका अबसरमा विशेष गरी बालबालिकाहरूलाई खेलकुद मार्फत जोड्न पाउनु धेरै नै खुशी लागेको बताए ।कार्यक्रममा बोल्दै नेपालगन्ज साइकल उत्सवका कार्यक्रम संयोजक प्रदिप सापकोटा, आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष कविराम बुढाथोकी लगायतले सानै उमेरदेखि साइक्लिङमा बालबालिकाको आकर्षणले क्लबको उद्देश्य अनुसार खेलाडी तयार हुनेमा विश्वास व्यक्त गरिएको बताए । कार्यक्रममा बालबालिकालाई हौसला दिन विश्व साइकल यात्री पुष्कर शाह पनि उपस्थित थिए । आफ्ना बालबालिकालाई साइकल रेसमा सहभागी गराउन अभिभावकहरू पनि उत्साहित भएर कार्यक्रममा सहभागिता जनाएका थिए ।
उत्साहप्रद ‘सिद्धार्थ किड्स रेस’
- Dainik Nepalgunj

- Categories: News
Related Content
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण
by
Dainik Nepalgunj
April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
by
Dainik Nepalgunj
April 26, 2026
मानव एकता दिवसमा रक्तदान
by
Dainik Nepalgunj
April 26, 2026
कुपोषण व्यवस्थापनका लागि तालिम
by
Dainik Nepalgunj
April 26, 2026
युएईविरुद्ध नेपालको जित
by
Dainik Nepalgunj
April 25, 2026