बाँके–बर्दियामा नाउपा नेपाल र प्रलोपा बीच चुनावी सहकार्य

आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नागरिक उन्मुक्ति पार्टी नेपाल ९नाउपा नेपाल० र प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बीच चुनावी सहकार्यका लागि औपचारिक सम्झौता भएको छ ।

दुवै दलबीच शनिवार नेपालगन्जमा सार्वजनिक भएको सहमतिअनुसार लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा तालमेल लागू गरिनेछ । बाँके क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कृष्णा के।सी। नमुनालाई संयुक्त रूपमा सघाउने तथा आमसभा र प्रचार–प्रसारमा सहकार्य गर्ने सहमति भएको छ । समानुपातिकतर्फ भने नाउपा नेपालको चुनाव चिन्ह ‘जाँतो’मा सहयोग गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी बाँके क्षेत्र नम्बर ३ मा प्रलोपाले प्रत्यक्षतर्फका उम्मेदवार ध्रुव चौधरीलाई समर्थन गर्ने तथा समानुपातिकतर्फ नाउपा नेपालको चुनाव चिन्ह ‘जाँतो’मै मत माग्ने सहमति गरिएको छ ।

प्रलोपाले बर्दिया जिल्लाको क्षेत्र नम्बर १ मा अब्दूल खान र २ मा खुशीराम थारुलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाउपा नेपाललाई सहयोग गर्ने, ‘जाँतो’ अर्थात ‘चकिया’ चिन्हमा मत माग्ने र मतदान गराउन संयुक्त रूपमा अभियान सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

दुवै दलले सम्झौतापत्रलाई इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता जनाउँदै यस सहकार्यले भविष्यमा पार्टी एकीकरणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् । सहमतिअनुसार एकअर्कालाई धोका नदिने र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरिएको जनाइएको छ ।
‘म नमूनाजीलाई बधाई दिन चाहन्छु, उहाँले यति भएपछि चुनाव चित्नुहुन्छ,’ पत्रकारहरुमाझ सम्झौतापत्र हस्तान्तरण गर्दै नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीले भने । नमूनाले यो सहकार्यमात्रै नभएर चीरकालसम्मका लागि महत्वपूर्ण शुरुवात भएको धारणा राखिन् ।

यसैबीच प्रलोपाले बाँके निर्वाचन क्षेत्र नं. २ मा जसपा नेपालसँग चुनावी सहकार्य गर्दै क्षेत्र नं. १ मा जसपाले प्रलोपालाई सघाउने र क्षेत्र नं. २ मा प्रलोपाले जसपाले सघाउने निर्णय भएको प्रलोपा नेतृ कृष्णा केसी नमूनाले सार्वजनिक गरेकी छिन् ।

Exit mobile version