‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोट्र्स एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन आज कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (मैदान)मा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोट्र्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।
पहिलो उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले जस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
युनाइटेड भिजन क्रिकेट क्लबले दिएको १ सय ५६ रनको लक्ष्य पक्ष्याएको ब्राइटल्याण्ड स्कुलले १६.१ ओभरमा अलआउहुँदै १ सय १ रनमा समेटियो । यो सँगै युनाइटेड भिजन क्रिकेट क्लबले २२ रनले विजयी भएको हो । युनाइटेड भिजन क्रिकेट क्लबलाई विजयी गराउन महत्व ३ विकेट लिदैँ सन्तोश यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै प्रतियोगिताको दोस्रो खेल कोहलपुर स्पोट्र्स एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेको कोहलपुर स्पोट्र्स एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो ।
कोहलपुर स्पोट्र्स एकेडेमीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । अर्जुन घर्तीले २७ बलमा ६५ रन र भिम सार्कीले ३७ बलसमा ५२ रनको अर्धशत पारीको सहयोगमा कोहलपुर स्पोट्र्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई विशाल १ सय ९८ रनको लक्ष्य दिएको थियो ।
कोहलपुर स्पोट्र्स एकेडेमीले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पक्ष्याएको हिमालयन क्रिकेट एकेडेमीले खबरा सुरुवत गर्दै ७५ रनमा अलआउट भयो । निर्धारित १६.३ ओभरमा अलआउट हुँदै ७५ रन जोडेर १ सय २२ रनको हार ब्यहोर्नु प¥यो ।
टिमका लागि कुनै पनि ब्याटरले ठुलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरु कोहलपुर स्पोट्र्स एकेडेमीका बलर सामु निर्ह बने । कोहलपुर स्पोट्र्स एकेडेमीलाई विजयी बनाउँन महत्वपूर्ण ४ विकेट लिएका शिदान्तराज शाही‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्वितीय हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा आजदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुने छ ।
