बाँकेको नेपालगन्जमा रहेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक भेटिएको छ । बास नेपालले शनिबार फागुन ३० गते आयोजना गरेको सरसफाई कार्यक्रमममा उक्त फोहोर संकलन गरिएको हो ।
हरित नेपालन्ज कार्यक्रम अन्तर्गत आयोजना गरिएको सरसफाई कार्यक्रममा धम्बोझी माध्यामिक विद्यालय र देउतादिन माध्यामकि विद्यालयका विद्यार्थीहरु बास नेपालका स्वयंसेवक तथा कर्मचारीहरुले उक्त सरससफाई अभियान सम्पन्न गरेका हुन् ।
नेपालगन्जको चर्चित पर्यटकीय स्थल सफाई गर्ने तथा सो स्थानमा घुम्न आउने मानिसहरुलाई सचेत गराउने उदेश्यले सो कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले बताए ।
सरसफाई अभियान मार्फत ८.६ केजी मोटो खालको प्लाष्टिक तथा बोतलहरु, २५.३ केजी प्लाष्टिकका थैलीहरु, १७.६ केजी काँचका बोतलहरु र ५५.९५ केजी विविध फोहोर गरी जम्मा १०६.८५ केजी फोहोर संकलन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । उले वाटरर्पाक जस्तो पसिद्ध स्थलमा कुनै वष्टविनको व्यवस्थापन नहुनु दुखद भएको बताउँदै सम्बन्धित वडा तथा नेपालगन्ज उमपहानगरपालिकाले तत्काल वष्टविनको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सरसफाई गर्दा अपनाउनुपर्ने सुरक्षाको मापदण्डका बारेमा कार्यक्रम प्रबन्धक मन भण्डारीले सहभागिलाई जानकारी गरएको थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, स्थानीयहरु तथा बासका स्वयंसेवकहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।
रबिन्द्र बोहरा
