देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिनको व्रत पछि ईद मनाउने गरिन्छ ।
बिहीबारबार चन्द्रमा नदेखिएकाले आज शनिबार इद मनाउने निर्णय भएको मो. सकिल कादरीले जानकारी दिएका छन् ।
मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ ।
इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ ।
आज शनिबार विहान आठ बजे विपीचोकमा ईदको सामूहिक नमाज पढिने हाजी मो. सरिफ बागवानले जानकारी दिएका छन् ।
सरकारले आज शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा शुक्रबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।
मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारी बमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीहरूमा शुभकामना दिएको छ ।
