For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

विश्व पानी दिवस २०२६

byDainik Nepalgunj
March 22, 2026
in विचार
0 0
0
विश्व पानी दिवस २०२६
Share on FacebookShare on Twitter
  • पृष्ठभुमी

विश्व पानी दिवस (World Water Day)संयुक्त राष्ट्रसंघ (UN) ले १९९० को दशकवाट मनाउन शुरु गरिएको हो । यस वर्ष सन् २०२६ को नारा “Where water flows – equality grows” अर्थात “जहाँ पानी बग्छ: त्यहाँ समानता बढ्छ” भन्नेछ । संयुक्त राष्ट्रसंघ (United Nations) को नेतृत्वमा रहेको यो विषयवस्तुले “जहाँ मानिसहरूलाई सुरक्षित पिउने पानी र सरसफाइको मानव अधिकारको अभाव हुन्छ, त्यहाँ असमानता फस्टाउँछ”, जसको कारण महिला र वालिकाहरुले दु:ख भोग्छन् भन्ने तथ्यलाई पष्टयाएको छ । विश्वको करिब ७३% – ७५% (सन् २०२२) जनसंख्यामा (झण्डै ६ अर्ब मानिस) ले “सुरक्षित रूपमा व्यवस्थित” खानेपानी प्रयोग गरिरहेका थिए, जसको अर्थ घरमै उपलब्ध, आवश्यक परेको बेला पाइने र प्रदूषणमुक्त पानी हो। यस प्रगतिका बाबजुद पनि – अझै ४ जनामध्ये १ जना (करिब २.२ अर्ब मानिस) सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित छन्, विशेष गरी ग्रामीण तथा कमजोर अवस्थाका क्षेत्रहरूमा ठूलो असमानता देखिन्छ। दिगो विकास लक्ष्य – सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व अहिले सही मार्गमा छैन। उक्त लक्ष्य पूरा गर्न खानेपानी क्षेत्रमा लगानी छ गुणाले वृद्धि गर्न आवश्यक छ। सन् २०१५ देखि २०२४ बीच सुरक्षित रूपमा व्यवस्थित खानेपानीको पहुँच ६८% बाट बढेर ७४% पुगेको छ। सन् २०३० को दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न जलवायु सहनशील खानेपानी तथा जल पूर्वाधार अत्यावश्यक छ। वार्षिक रूपमा सयौँ अर्ब डलर बराबरको आर्थिक क्षति रोक्न पानी क्षेत्रमा अनुकूलनका लागि विश्वव्यापी लगानी उल्लेखनीय रूपमा बढाउन आवश्यक छ। जलवायु परिवर्तनको प्रभाव मानिसहरूमा मुख्य रूपमा पानीमार्फत पर्छ – खडेरी, बाढी, हिमनदी पग्लिनु र पानी दूषित हुनु जस्ता माध्यमबाट। जीवन र अर्थतन्त्र जोगाउन जल व्यवस्थापन प्रणाली  सुदृढ बनाउने, जलाधार क्षेत्र संरक्षण गर्ने र जलवायु सहनशील पूर्वाधारमा लगानी गर्ने अत्यन्त आवश्यक छ।

जलवायु परिवर्तनले जल-चक्रलाई तीव्र बनाउँदै खडेरी र बाढी दुवैको जोखिम बढाइरहेको छ। तापक्रम १°C ले बढ्दा वायुमण्डलले करिब ७% बढी आर्द्रता  लिन्छ। परिणामस्वरुप धेरै क्षेत्रमा अत्यधिक वर्षाका घटनाहरूको आवृत्ति र तीव्रता बढेको छ। हाल विश्वको करिब ४ अर्ब मानिसले वर्षमा कम्तीमा एक महिना गम्भीर पानी अभावको सामना गर्छन्। सन् २०५० सम्म करिब ५.७ अर्ब मानिस पानी अभाव भएका क्षेत्रमा बस्न बाध्य हुन सक्छन्। जलवायु परिवर्तनका कारण धेरै सुख्खा क्षेत्रहरूमा नवीकरणीय उर्जामा १०–३०% सम्म घट्ने अनुमान गरिएको छ। सन् २००० पछि बाढीसँग सम्बन्धित विपद् घटनाहरू अघिल्लो दुई दशकको तुलनामा धेरै बढेका छन्। झण्डै १.८ अर्ब मानिस उल्लेखनीय बाढी जोखिम भएका क्षेत्रमा बसोबास गर्छन्। समुद्री सतह बढ्दै जाँदा साना द्वीप र तटीय क्षेत्रका सुरक्षित पानीका स्रोतहरू जोखिममा परिरहेका छन्। तापक्रम वृद्धिका कारण विश्वभरका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् । Hindu Kush Himalaya (HKH)  जस्ता पर्वतीय क्षेत्रहरू: जसले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराइरहेको छ हिउँ र बरफको मात्रा घटिरहेको छ। यदि विश्वव्यापी तापक्रम २°C सम्म पुग्यो भने हिमालय क्षेत्रका करिब एक-तिहाइ हिमनदीहरू हराउन सक्छन्। पानीसँग सम्बन्धित विपद् घटनाहरूले विश्वका ७०% भन्दा बढी प्राकृतिक विपद् ओगटेका छन्। खडेरीले कृषि क्षेत्रलाई प्रभावित गर्दै खाद्य सुरक्षामा खतरा बढाउँछ र कुपोषण वृद्धि गर्छ।

नेपालमा ९०% भन्दा बढी जनसंख्यामा आधारभूत खानेपानीमा पहुँच भए पनि करिब १९% मानिसले मात्र प्रदूषणमुक्त र सुरक्षित रूपमा व्यवस्थित खानेपानी प्रयोग गरिरहेका छन्। उच्च ई-कोलाई (E-coli) दूषणले पानीका स्रोतहरू प्रभावित भएका छन्, विशेष गरी गरिब समुदायमा, जहाँका प्राय घरधुरीको पानी असुरक्षित हुनसक्छ।

  • खानेपानी र लैङ्गिक समानता

विश्वमा करिब २.२ अर्ब मानिस अझै पनि सुरक्षित रूपमा व्यवस्थापित खानेपानीबाट वञ्चित छन्। विश्वभर झण्डै ४ जनामध्ये १ जनाको घरमै सुरक्षित पानीको पहुँच छैन। ग्रामीण, कमजोर र न्यून आय भएका समुदायहरूमा असमानता सबैभन्दा बढी देखिन्छ। जब प्रत्येक घरमा पानी बग्छ, अवसर पनि सँगै बग्छ। नेपालमा करीव १० प्रतिसत जनसंख्या खानेपानीवाट वन्चित छन् भने करीव २० प्रतिसत जनसंख्याको मात्र सुरक्षित खानेपानीमा पहुंच छ । विश्वभर महिला र बालिकाहरूले दैनिक करिब २० करोड घण्टा पानी संकलनमा खर्च गर्छन्। घरमै पानीको सुविधा नभएका १० मध्ये ८ घरधुरीमा पानी ल्याउने मुख्य जिम्मेवारी महिला र बालिकाहरूको भएको परिपे्रक्ष्यमा : विद्यालयमा पानी र सरसफाइको अभावले बालिकाहरूको शिक्षामा असर पार्छ। जब पानी नजिकै हुन्छ, बालिकाहरू विद्यालयमा रहन्छन्। जब बालिकाहरू विद्यालयमा रहन्छन्, समानता बढ्छ।

नेपालमा पानी (खानेपानी र सरसफाइ) र लैङ्गिक समानता आपसमा गहिरो रूपमा जोडिएका विषय हुन्। विशेष गरी ग्रामीण क्षेत्रमा पानीको पहुँच, व्यवस्थापन र निर्णय प्रक्रियामा महिलाको भूमिका महत्त्वपूर्ण भए पनि चुनौतीहरू अझै छन्। पानी संकलनमा महिलाको भूमिका धेरै ग्रामीण परिवारमा पानी ल्याउने जिम्मेवारी मुख्यतः महिला र किशोरीहरूमा हुन्छ, टाढाबाट पानी बोक्नुपर्ने अवस्थाले समय, स्वास्थ्य र सुरक्षामा असर गर्छ, यसले विद्यालय जाने किशोरीहरूको पढाइमा पनि बाधा पुर्‍याउँछ। सुरक्षित खानेपानी र सरसफाइको अभावले महिलामा बढी स्वास्थ्य जोखिम (जस्तै: पानीजन्य रोग) बढाउँछ। महिनावारी सरसफाइका लागि विद्यालय र सार्वजनिक स्थानमा पर्याप्त पानी र शौचालयको अभावले किशोरीहरूको विद्यालय उपस्थितिमा असर गर्छ। स्थानीय खानेपानी उपभोक्ता समितिहरूमा महिलाको सहभागिता बढ्दै गएको छ। नेपालको संविधान र स्थानीय तहका नीतिहरूले महिला प्रतिनिधित्वलाई प्रोत्साहन गर्छन्। तर व्यवहारमा नेतृत्व तहमा अझै पुरुषको वर्चस्व देखिन्छ। नीतिगत प्रयासहरू : नेपालले पानी र सरसफाइ क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विभिन्न नीति र कार्यक्रम सञ्चालन गरेको छ: ग्रामीण क्षेत्रमा सुरक्षित पानी र महिलाको सशक्तीकरणमा काम गरिरहेको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरपफाइ नीति र कार्यनीति कार्यान्वयन साथै UN Women लगायतले लैङ्गिक समानता र महिला अधिकारका क्षेत्रमा सहयोग गरिरहेका छन् ।

  • खानेपानी र स्वास्थ्य समानता

असुरक्षित पानी, सरसफाइ र स्वच्छता अभावका कारण हरेक वर्ष सयौँ हजारको मृत्यु हुन्छ। पानीजन्य रोगहरूले विशेष गरी पाँच वर्ष मुनिका बालबालिका र गरिब समुदायहरूलाई असमान रूपमा प्रभावित गर्छन्। अर्कोतर्फ, जलवायु परिवर्तनका कारण खडेरी र बाढी बढ्दै जाँदा पानी दूषित हुने समस्या झन् गम्भीर बन्दै गएको छ। नेपालमा  करिब 90% भन्दा बढी जनसंख्या आधारभूत खानेपानी सेवामा पहुँच राख्छन्, तर सुरक्षित (safely managed) पानी सबै ठाउँमा उपलब्ध छैन। करिब ७५–८०% घरधुरीमा आधारभूत सरसफाइ सुविधा पुगेको छ, तर ग्रामीण–शहरी असमानता अझै छ। पानीजन्य रोग (जस्तै झाडापखाला) बालबालिकामा प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो। ग्रामीण क्षेत्रमा महिलाले दैनिक १–३ घण्टा पानी संकलनमा खर्च गर्न सक्छन्। विद्यालयमा सुरक्षित पानी र शौचालयको अभावले विशेषगरी किशोरीहरूको उपस्थितिमा असर पार्छ। जस्तैः असमानता: दुर्गम क्षेत्रमा सुरक्षित खानेपानीको कमी, गरिब र विपन्न समुदायपाइप प्रणालीभन्दा टाढा बसोबास, लैङ्गिक पक्ष:पानी संकलन र सरसफाइको जिम्मेवारी बढी महिलामा, तसर्थ, सुरक्षित खानेपानी केवल पूर्वाधार होइन, यो जीवनरक्षक सुरक्षा हो।

  • खानेपानी र आर्थिक अवसर

विश्वव्यापी रूपमा कुल सुरक्षित पानीको करिब ७०% कृषि क्षेत्रमा प्रयोग हुन्छ। पानी अभावले केही क्षेत्रमा आर्थिक वृद्धिदरलाई कुल गार्हस्थ उत्पादन (GDP) को ६% सम्म घटाउन सक्छ। पानी र सरसफाइमा लगानी गरिएको प्रत्येक १ डलरले बहुगुणा आर्थिक प्रतिफल दिनसक्छ। नेपालको करिब ६५% जनसंख्या कृषि क्षेत्रमा निर्भर छ,  सिँचाइ पहुँचले उत्पादन र आम्दानी सीधै बढाउँछ। कुल खेतीयोग्य जमिनमध्ये करिब ५०% जति जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। सुरक्षित खानेपानी पहुँच करिब ९०% भन्दा बढी भए पनि “Safely managed” सेवा सबैमा उपलब्ध छैन। पानीको अभावका कारण ग्रामीण महिलाले दैनिक १–३ घण्टा समय पानी संकलनमा खर्च गर्न सक्छन् → यो समय आयआर्जनमा प्रयोग हुनसक्थ्यो। सिँचाइ पहुँच भएका किसानको उत्पादन वर्षेनी वर्षामा मात्र निर्भर किसानभन्दा बढी हुन्छ। जलविद्युत्, खानेपानी आयोजना, र सिँचाइ परियोजनाले स्थानीय रोजगारी बढाउँछ। नजिकै सुरक्षित पानी उपलब्ध हुँदा महिलाको समय बचतवाट साना व्यवसाय, कृषि, वा सीपमूलक काममा संलग्न हुन सक्छन्। पानीजन्य रोग कम हुँदा उपचार खर्च घट्छ र काम गर्ने दिन बढ्छ। तसर्थ, पानीले कृषि, व्यवसाय, ऊर्जा उत्पादन र जीविकोपार्जनलाई सशक्त बनाउँछ।

  • पानी, जलवायु र जोखिम

जलवायु परिवर्तनको प्रभाव मानिसहरूमा मुख्य रूपमा पानीमार्फत देखिन्छ: बाढी, खडेरी र हिमनदी पग्लिने प्रक्रियामार्फत। Hindu Kush Himalaya (HKH) जस्ता पर्वतीय प्रणालीहरूले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराउँछन्, तर त्यहाँका हिमनदीहरू तीव्र रूपमा घटिरहेका छन्। सबैभन्दा गरिब समुदायहरू पानीसम्बन्धी विपद् घटनाबाट सबैभन्दा पहिले र सबैभन्दा बढी प्रभावित हुन्छन्। नेपाल विश्वकै उच्च जलवायु जोखिम भएका देशमध्ये पर्छ, औसत तापक्रम वृद्धि: करिब ०.०५–०.०६°C प्रति वर्ष (पहाडी क्षेत्रमा दर अझ बढी), करिब 80% वार्षिक वर्षा मनसुन (जुन–सेप्टेम्बर) मा केन्द्रित → बाढी र पहिरो जोखिम उच्च, देशभर ६००० + नदी प्रणाली छन्; तर अत्यधिक वर्षाले तराईमा वार्षिक बाढी जोखिम २००० + हिमताल मध्ये करिब २० + हिमताल उच्च जोखिम (GLOF जोखिम) मा मानिन्छन्, प्रत्येक वर्ष मनसुनका कारण बाढी/पहिरोबाट सयौंको प्रभावित र ठूलो आर्थिक क्षति भइरहेको छ । मुख्य जोखिमहरू: बाढी (Flooding) – तराई र नदी तटीय क्षेत्र बढी प्रभावित, पहिरो (Landslide) – पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा पछि, हिमताल फुट्ने जोखिम (GLOF) – हिमनदी पग्लिँदै जाँदा जोखिम बढ्दो, खडेरी (Drought) – वर्षा अनियमित हुँदा कृषि उत्पादन घट्ने। प्रभाव : कृषि उत्पादनमा अस्थिरता → खाद्य सुरक्षा जोखिम, खानेपानी स्रोत सुक्ने वा प्रदूषित हुने, पूर्वाधार (सडक, पुल, जलविद्युत्) मा क्षति, गरिब र ग्रामीण समुदाय सबैभन्दा बढी प्रभावित, जलवायु न्याय भनेको पानी न्याय पनि हो।

तसर्थ, सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व सही मार्गमा छैन। दिगो विकास लक्ष्यहरू पूरा गर्न खानेपानी क्षेत्रमा लगानी छ गुणाले बढाउन आवश्यक छ। यस परिप्रेक्ष्यमा  “समुदाय – आधारित खानेपानी व्यवस्थापनले असमानता घटाउन उल्लेखनीय परिणाम देखाएको छ।“

  • बांके जिल्ला र नेपालगन्ज

नेपालगन्ज उप–महानगरपालिका भित्र हाल नेपाल खानेपानी संस्थान मार्फत करिब १६ प्रतिशत जनसंख्या मात्र नियमित खानेपानी सेवाबाट लाभान्वित भएका छन्। बाँकी जनसंख्याले विभिन्न ६ वटा खानेपानी उपभोक्ता समितिहरू मार्फत सञ्चालित योजनाबाट पानी आपूर्ति प्राप्त गरिरहेका छन्। यद्यपि, अझै पनि उल्लेख्य संख्यामा नागरिकहरू असुरक्षित स्यालो ट्युबवेल तथा इनारको पानीमा निर्भर रहन बाध्य छन्। यस अवस्थाले सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँचमा असमानता देखाउँछ र स्वास्थ्य जोखिम बढाउने सम्भावना रहन्छ। यस सन्दर्भमा दिगो, सुरक्षित र सर्वसुलभ खानेपानी सेवा विस्तार गर्नु अत्यावश्यक देखिन्छ । बांके जिल्ला र नेपालगन्ज उप महानगरपालीकाका समस्याहरु:

–      अत्यधिक वर्षासँग सम्बन्धित बाढी र डुबान

–      तापलहर र बढ्दो पानी तनाव

–      खडेरी र पानी अभाव

–      नेपालगन्जमा सहरी पानी चुनौती

–      जलवायु परिवर्तन र स्थानीय खानेपानीमा जोखिम

छोटो समयमा तीव्र वर्षा र लामो सुख्खा अवधिको प्रवृत्ति तराई क्षेत्र र नेपालभर देखिएको व्यापकता जलवायु परिवर्तन यसको प्रवृत्तिसँग मेल खान्छ। यी परिवर्तनहरूले पानी अभाव र बाढी दुवै जोखिम बढाउँदै खाद्य उत्पादन, पूर्वाधार, स्वास्थ्य र समुदायको सुरक्षामा प्रभाव पारिरहेका छन्। स्थानीय खानेपानी समस्या र हावापानीको अवस्था विश्वव्यापी जलवायु परिवर्तनका प्रभावहरूको प्रतिबिम्ब हुन् : जसवाट भविष्यमा थप चरम अवस्था, थप अनिश्चितता, र थप मानवीय जोखिम सिर्जना हुन्सक्छ ।

अन्तमा, “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ।” – किनभने जब पानी सीमान्तकृत समुदायसम्म पुग्छ.स्वास्थ्य सुधार हुन्छ,बालिकाहरूले शिक्षा प्राप्त गर्छन्, अर्थतन्त्र सुदृढ बन्छ, र मानवीय मर्यादा पुनर्स्थापित हुन्छ। तसर्थ, पानी केवल स्रोत मात्र होइन – यो न्याय, अवसर र मानव समानतासम्म पुग्ने सेतु हो।

आजको विशेष दिनमा सवैमा “विश्व पानी दिवस २०२६” को हार्दिक शुभकामना !

[खानेपानी सरसफाइ र जलवायु परिवर्तन विज्ञ नेपाल नीति तथा योजना आयोग, बागमति प्रदेशका पुर्व-उपाध्यक्ष हुन्)

Previous Post

ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व सङ्कलन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विश्व पानी दिवस २०२६

विश्व पानी दिवस २०२६

March 22, 2026
नेपाल प्रहरी : कार्यसम्पादन सम्झौता

ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व सङ्कलन

March 22, 2026
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

March 22, 2026
Auto Draft

भारत–नेपाल साहित्यिक/सांस्कृतिक महाकुम्भ तथा स्मृति सम्मान

March 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version