बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।
लागुऔषध कारोबार विरुद्ध प्रदर्शन गर्दै हुलाकी सडक बन्द गरेपछि झडप भएको हो ।
हुलाकी सडक खुलाउने क्रममा झडप हुँदा एक दर्जन प्रहरी र केही स्थानीय घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताएका छन् । घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
भारत गएर लागुऔषध ल्याउने र सेवन गर्ने कार्य विरुद्ध प्रहरीले कडाई गर्नुपर्ने माग सहित स्थानीयले प्रदर्शन गरेका छन् ।




























