नेपालगन्ज उपमहानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका २८ जनालाई उद्यमशील बनाउने उद्देश्यले तीन दिने व्यवसायिक योजना निर्माण तालिम आयोजना गरेको छ ।
रोजगार सेवा केन्द्रको आयोजनामा तथा नगर स्तरीय आप्रवासी श्रमिक संरक्षण सञ्जालको सहकार्यमा सञ्चालन गरिएको तालिम आन्तरिक रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत गरिएको हो । रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीका अनुसार, तालिमले रिटर्नीलाई स्वदेशमै व्यवसाय सुरु गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
समापन समारोहमा बुधवार बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्न आग्रह गर्दै योजना निर्माण व्यवसायको आधार भएको बताए ।
कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी रहेको बताएका थिए भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।