नेपालगन्जमा अर्को मार्ट थपिएको छ । झण्डै डेढ करोड लगानीमा सञ्चालनमा आउन लागेको ‘हाम्रो मेगा मार्ट’ आज शुक्रबार शुभसाइतमा सञ्चालनमा आउन लागेको हो ।
‘स्थानीय सरकार प्रमुखले मार्ट उद्घाटन गर्दैछन्’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मेगा मार्टको उद्घाटन गर्ने जानकारी दिंदै मार्टका प्रबन्ध निर्देशक निलराज अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जका लागि यो आफैमा महत्वपूर्ण खरिद केन्द्रका रूपमा विकास र बिस्तार गरिएको छ ।’
कम्प्युटर व्यवसायको क्षेत्रमा सफल युवा उद्यमी अधिकारीको यो आठौं व्यवसायिक प्रतिष्ठान हो । नेपालगन्जमा सुविधा सम्पन्न सुपरमार्केटहरू खुल्ने क्रममा ‘हाम्रो मेगा मार्ट’ थपिएको हो ।
