नेपाल मुस्लिम इत्तेहाद संगठनले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको बताएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष मो. हारुन हलवाईले प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ओली र पूर्व गृहमन्त्रीलाई तत्काल रिहाइको माग गरेको छ ।






























