नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा शनिबार राती जलेको अवस्थामा फेला परेकी सिर्जनाको हत्या भएको उनको परिवारले आरोप लगाएको छ ।
तीन बर्षीय बच्चाको आमा समेत रहेकी सिर्जनालाई उनकै श्रीमान् र परिवारले हत्या गरेको उनको परिवारले आरोप लगाएको छ ।
जलेको अवस्थामा फेला परेकी सिर्जनाको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घटना बारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
