धनगढीमा नयाँ बर्षको अवसरमा भएको सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको उपाधि बैकर्स क्लब धनगढीले जितेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको फाईनलमा फारवेष्ट पशुपति युवा क्लबलाई हराउँदै बैंकर्स क्बल धनगढी च्याम्पीयन भएको हो । धनगढीमा रहेको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा बैकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ ले हराएर उपाधि जितेको हो । बैकर्स क्लबले उपाधिसँगै नगद २२ हजार ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले नगद १२ हजार ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
विजेता र उपविजेता टोलीलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सन्तती आईभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष तथा द गार्डनर प्याराडाईस स्कुलका प्रिन्सिपल अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक ईन्जिनियर राजन राना लगायतले पुरस्कार वितरण गरे ।
नयाँ वर्ष २०८३ को अवसरमा समाजमा आपसी सद्भाव, भाइचाराको भावना अभिवृद्धि गर्न तथा विभिन्न संघ–संस्थाबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा दिन सुरु गरेको सन्तति आईभिएफ सेन्टर रहेको थियो । यस्तै शुभश्री प्यालेस, किसान टे«डिङ (होण्डा) द गार्डनर प्याराडाईस स्कुल र अरवान भट्टीले पनि प्रायोजन गरेर साथ दिएका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टरले उत्कृष्ट प्रजनन केन्द्र निर्माण गर्दै निसन्तान दम्पतिको सन्तान प्राप्त गर्ने सपनालाई साकार बनाउन धनगढीमा सेवा थालनी गरेको छ । सन्तान प्राप्तिमा समस्या झेलिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना भएको केन्द्रले विश्वस्तरीय प्रजनन सेवा र आत्मीय हेरचाह प्रदान गरिरहेको जनाएको छ ।
केन्द्रमा आईभिएफ, आईयुआई, बाँझोपन सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श सेवा उपलब्ध रहेको छ । अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला, र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय उपचार दिईरहेको सेन्टरले जनाएको छ । सन्तति आईभिएफ सेन्टरले विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो सेवा उपलब्ध गराईरहेको छ । अब प्रजनन उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता हटेको छ ।
