उज्यालो पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ्ग आइतबार नेपालगन्ज आउने भएका छन् ।
पार्टीको लुम्बिनी प्रदेश अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व मन्त्री समेत रहेका पार्टी अध्यक्ष घिसिङ्ग नेपालगन्ज आउन लागेका हुन् ।
पार्टीका जिल्ला स्थित पार्टी नेताले बाटिका होटलमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको लागि केन्द्रीय अध्यक्ष घिसिङ्ग नेपालगन्ज आउन लागेको जानकारी दिंदै ईच्छुक बुद्धिजीवी, समाजसेवी, उद्योग, व्यापारी, युवा विद्यार्थी, सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
