बाँकेमा ३१ लाख बढीको भन्सार छली भएको मालसामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गत चैत्र महिनामा ३१ लाख २७ हजार २ सय ७९ मूल्य बराबरको भन्सार छलिएको मालसामान बरामद भएको हो ।
प्रहरीले त्यसक्रममा तीन जना मानिस र नौ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
