जिल्ला प्रहरी कार्यालय बाँकेले चैत्र महिनाभर अवैध चोरी पैठारी नियन्त्रण अभियानअन्तर्गत उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
प्रहरी निरीक्षक रमेश बिष्टद्वारा जारी मासिक विवरणअनुसार अवैध पशुपंक्षी चोरी पैठारी नियन्त्रणतर्फ ४६८ किलो बोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराबाट रु १ लाख ९१ हजार ६५० राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
यस्तै, अवैध वन पैदावार चोरी पैठारी नियन्त्रणतर्फ ९.३२ क्युफिट सालको काठ नियन्त्रणमा लिइएको छ । बरामद काठबाट रु ४३ हजार ६४० राजश्व प्राप्त भएको जनाइएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध आयात, चोरी पैठारी तथा वन पैदावार तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।
