भाषिक पत्रकारिताबारे नेपाल–भारतका पत्रकारको संयुक्त गोष्ठी

नेपाल र भारतका पत्रकारहरुवीच भाषिक पत्रकारिताबारे गोष्ठी सम्पन्न भएको छ ।
भारतमा हिन्दी भाषा पत्रकारिता सुरु भएको २०० वर्ष पूरा भएको अवसरमा आइतबार उत्तर प्रदेश राज्यको बहराइच जिल्ला नानपारामा सम्पन्न नेपाल र भारत पत्रकार गोष्ठीमा भाषिक पत्रकारिता, सीमा समस्या, सञ्चारमाध्यमको बद्लिँदो परिवेश र सामाजिक चासोका विषयमा अन्तर्राष्ट्रिय संवाद भएको हो ।

नानपाराका विधायक रामनिवास वर्माले गोष्ठीको उद्घाटन गर्दै नेपाल र भारतवीचको ऐतिहासिक र साँस्कृतिक सम्बन्धलाई जोड दिँदै दुई देशवीचको ‘रोटीबेटी’ सम्बन्ध शताब्दीयौंदेखि चलिआएको बताउनु भयो । उहाँले अंग्रेज शासनकालदेखि आजसम्म समाजलाई सचेत गराउन र सही दिशा दिन पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । ब्लक प्रमुख प्रतिनिधि कृपाराम वर्मा (बल्हा) र विधायक प्रतिनिधि आलोक जिन्दलले दुई देशको सम्बन्ध जोड्न पत्रकारिताको भूमिका महत्वपूर्ण भएको बताउनु भयो ।

नेपाल भारत संयुक्त पत्रकार मञ्च नेपाल समूहका संयोजक वरिष्ठ पत्रकार पूर्णलाल चुकेले यस्ता गोष्ठी र सम्वादले दुई देशका पत्रकारबीच आपसी समझदारी, सहयोग र विश्वासलाई मजबुत बनाउने बताउनुभयो । उहाँले सन् २००४ मा नानपारामा आयोजना गरेको संयुक्त गोष्ठीबाट दुई देश वीचको सम्बन्ध र सीमावर्ती समस्याहरुलाई उजागर गर्ने र सो समाधान गर्न पहल गर्ने लगायतको उद्देश्यद्वारा गठित मञ्चका विगतका कार्यक्रमहरुलाई स्मरण गर्दै नयाँ पुस्ताका पत्रकारका लागि यस्ता कार्यक्रमहरू प्रेरणाको स्रोत हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा भारतीय बरिष्ठ पत्रकार अशोक उपाध्याय, भागवत शुक्ला, अजय शर्मा, मणिराम शर्मा, ताहिर हुसेन, राजीव शर्मा, सन्तोष शुक्ला लगायतले भारत र नेपालबीचको साँस्कृतिक सम्बन्धलाई पत्रकारिताले मजबुत बनाएको दाबी गर्नुभएको थियो ।

कार्यक्रमका निर्देशक विनोद द्विवेदीले हिन्दी पत्रकारिताको इतिहासमा प्रकाश पार्दै पहिलो हिन्दी पत्रिका ‘उदन्त मार्तण्ड’ रहेको जानकारी दिनुभयोे । पण्डित जुगलकिशोर शुक्लाले ३० मे १८२६ मा कलकत्ताबाट पत्रिका प्रकाशित गर्नु भएको थियो । त्यही ऐतिहासिक सुरुवातका कारण हरेक वर्ष मे ३० तारिखमा हिन्दी पत्रकारिता दिवस मनाइँदै आएको र अब यो गौरवशाली परम्पराको २०० वर्ष पूरा भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा भारततर्फबाट बरिष्ठ पत्रकारहरु अभिलाष श्रीवास्तव (सोनु), अशोक उपाध्याय, राजीव शर्मा, अजय शर्मा, परवेज रिजवी, सन्तोष शुक्ला, भागवत शुक्ला, ताहिर हुसेन, हनुमान प्रसाद गुप्ता, कुलदीप, विनोद कुमार द्विवेदी, शकील अन्सारी, विवेक श्रीवास्तव, विवेक श्रीवास्तव, विवेक श्रीवास्तव, विनोद पनौद, विष्णु कुमार द्वीवेदी, विष्णु प्रसाद राई, राजीव शर्मा लगायत सहभागी थिए । श्रीवास्तव, अभिनव गोयल, मनोज टेकरीवाल, नयन जैसवाल, अब्दुल कादिर, मनोज गुप्ता, जुनैद अहमद, दीपक श्रीवास्तव, रवेन्द्र शर्मा, राहुल पाण्डे, अशोक पाठक, भुवन भास्कर वर्मा, रुद्र प्रताप मिश्र, शिवम पाण्डे, शाहबुद्दीन श्रीवास्तव, अनानुन्द प्रसाद खान, पोखरेल जैसवाल, पुनीत श्रीवास्तव, राहुल उपाध्याय लगायत पत्रकारहरुको उल्लेख्य उपस्थित थियो ।

त्यसैगरी नेपालतर्फबाट नेपाल–भारत संयुक्त पत्रकार मञ्चका संयोजक पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष तथा कान्तिपुर टेलिभिजन संवाददाता रेजिना मल्ल, बरिष्ठ पत्रकार डा.डक्टप्रसाद धिताल (सम्पादक गुडन्युज साप्ताहिक), अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नेपाल समाचारपत्र दैनिकका संवाददाता तथा सुनपानी डटकमका सम्पादक कुमार श्रेष्ठ र जनमत अद्र्धसाप्ताहिकका संवाददाता श्वेता विष्टको सहभागिता रहेको थियो । अनाडी टिभीका जिल्ला संवाददाता विनोद द्विवेदीले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुभएको थियो ।

नानपाराका बरिष्ठ पत्रकार अभिलाष श्रीवास्तव (सोनु) को अगुवाईमा स्थानीय क्रियाशील पत्रकारहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमले नेपाल र भारतको मित्रता, पत्रकार एकता, निष्पक्ष र जिम्मेवार पत्रकारिताको प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा बहराइच जिल्लाका सबै शहरका पत्रकार, विधायक, राजनीतिक दलका नेता र समाजका प्रतिष्ठित नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Exit mobile version