भन्सार कडाई आवश्यक

नेपालगन्जका व्यवसायीहरूले कानुन विपरित भन्सार छलेर ल्याइनु जुनसुकै मालसामान नियन्त्रणमा लिइनु पर्ने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको नयाँ बर्षको शुभकामनासँगै स्थानीय बजार प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रमका वक्ताहरूले भन्सार कडाईको स्वागत गर्दै त्यस विरुद्ध भैरहेका टिकाटिप्पणी तथा ‘ट्रोल’ बनाउने कार्य उचित नभएको धारण राखेका हुन् ।

व्यवसायीहरूले क्यारिङ्ग, तस्करका नाममा जो सुकैले सामान ल्याएपनि त्यसलाई समातिनु पर्ने बताएका थिए । उनीहरूले सीमामा रोकेर ट्रकमा भन्सार छलेर सामान आइरहेको भनि भ्रम फैलाउने कार्य भैरहेको बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष चिरञ्जीवि ओलीले अहिले तस्करहरू त्राहीत्राही भएको बताए । तस्करीहरूले नै सामाजिक सञ्जालमा भन्सार कडाई विरुद्ध मुभेन्ट चलाएको अरोप ओलीले लगाएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले क्यारिङ्गबाट आउने सामान आम उपभोक्तासम्म नपुर्याउने होला, त्यसमा व्यवसायीहरूको संलग्नता छ, छैन प्रश्न गरेका थिए । उनले मौजुदा कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा प्रजिअ तामांगले नेपालगन्जका व्यवसायीहरूले गरेको व्यवसाय कानुन बमोजिम रहे नरहेको उल्लेख गर्दै त्यहाँ पनि कानुनको कार्यान्वयन हुने बताए । उनले भन्सार बाहिर पनि त्यसबाहिर पनि कानुन कठोरतापूर्वक कार्यान्वयन
हुने र त्यसका लागि सहयोग गर्नुपर्ने बताए ।

Exit mobile version