कसौंधन वैश्य समाजले आफ्ना मूल महर्षि, ऋषि कश्यपको मूर्ति स्थापना गरेको छ । समाजले सञ्चालन गर्दै किन्नुरामकाशीराम पञ्चायती धर्मशालामा ऋषि कश्यपको मूर्ति स्थापना गरिएको अध्यक्ष सन्तोष कुमार वैश्यले जानकारी दिए ।
बिहीबार मूर्ति स्थापना गरिएको किन्नुराम धर्मशालामा शुक्रबार सामूहिक हवन कार्य गरिएको छ । ‘धेरै भन्दा धेरै सदस्यहरूले सामूहिक हवनमा सहभागिता जनाउनु भएको छ’, अध्यक्ष वैश्यले शनिबार सुन्दरकाण्ड, शोभायात्रा, फुलोकी होली, सामूहिक प्रसाद ग्रहण लगायतका कार्यक्रम राखिएको जानकारी दिंदै भने, ‘ऋषिकश्यप सँगै राधाकृष्णको पनि मूर्ति स्थापना भएकाले यो तीन दिन समाजले उत्सवमय धार्मिक कार्य आयोजना गरिरहेको छ ।’
