प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ लाई देशकै नमूना ‘खेलकुद हब’ वडा का रूपमा विकास गर्ने लक्ष्यका साथ ‘प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ।

बुधबार आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक वडा कार्यालयले प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।

वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले आफ्नो वडालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने योजना सुनाउँदै प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष रिजालले भने, “हाम्रो योजना वडा नम्बर १ लाई देशकै खेल हब वडाका रूपमा स्थापित गर्ने हो। त्यसका लागि हामीले खेलकुद पूर्वाधार निर्माणमा निकै महत्वपूर्ण काम गरिसकेका छौँ र यो प्रतियोगिता त्यसैको एक कडी हो ।

वडाले पछिल्लो समय खेलकुद संरचना निर्माणमा विशेष लगानी गर्दै आएको छ। स्तरीय कोर्ट, खेल मैदान र खेलाडी प्रोत्साहनका कार्यक्रमले गर्दा यो वडा नेपालगन्जकै खेलकुद केन्द्र बन्दै गएको छ।

Exit mobile version