ब्रोइलर कुखुरा र माछाको भुरा बरामद

जिल्ला बाँकेमा अवैध रुपमा भारतबाट ल्याइएका माछाका भुरा र बोइलर कुखुरा बरामद गरिएको छ।

आइतबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ र १५ क्षेत्रमा गरिएको निगरानीका क्रममा १ हजार ५ सय वटा माछाका भुरा र ६० वटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार उक्त सामग्री अवैध रुपमा भारतबाट भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँके पठाइएको छ।

यस प्रकारका अवैध आयातले स्थानीय कृषि तथा पशुपालन क्षेत्रमा असर पार्नुका साथै स्वास्थ्य जोखिम समेत बढाउन सक्ने भएकाले निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

Exit mobile version