गत महिना भएको भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको विधासभा निर्वाचनको मतगणना सोमबार विहानदेखि सुरु भएको छ ।
पश्चिम बंगलामा मतगणना जारी रहँदा भारतीय जनता पार्टीले सत्ताधारी दल टिएमसी भन्दा निकै अगाडि रहेको छ । २ सय ९३ सिट रहेको पश्चिम बंगलको सत्ताधारी दल सय सिटमा अगाडि रहँदा भारतीय जनता पार्टी भने १ सय ८७ सिटमा अगाडि रहेको छ ।
प्रारम्भिक रुझान अनुसार भारतीय जनता पार्टीले डेढ दशकदेखि सत्तामा रहेको टिएमसीलाई पाखा लगाउँदै पश्चिम बंगालको सत्ताको बागडोर सम्हाल्ने देखिएको छ ।
त्यस्तै, असममा पनि भारतीय जनता पार्टी प्रारम्भिक रुझानमा स्पष्ट बहुमत हासिल गरेको छ । १ सय २६ सिट रहेको असममा ९९ सिटमा भारतीय जनता पार्टी र काँग्रेस २५ सिटमा अगाडि रहेको छ ।
केरलमा १ सय ४० सिट रहेको छ । जसमा यूडिएफ ९३, एलडिएफ ४१ र भारतीय जनता पार्टी २ सिटमा अगाडि रहेको छ ।
तमिलनाडुमा २ सय ३४ सिट रहेको छ । प्रारम्भिक रुझान अनुसार, त्यहाँ टिभिकेले १ सय ९, डिएपके गठबन्धनले ५२ सिट, एआइएडिएमके गठबन्धनले ७३ स्थानमा अग्रता हासिल गरिरहेको छ ।
पुडुचेरीमा ३० सिट रहेकोमा १५ सिटमा भारतीय जनता पार्टी सहितको गठबन्धन, ११ सिटमा काँग्रेस सहितको गठबन्धन र अन्य ३ ठाउँमा अगाडी रहेका छन् ।
