जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्दै डरत्रास फैलाउने उद्देश्यका भिडियो पोस्ट गर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ३० वर्षीय अजय कुमालले “Ajay Magar” नामक टिकटक आइडीबाट तथा डुडुवा गाउँपालिका–४ निवासी २६ वर्षीय अनिल खटिकले “Anilsonkhar” नामक टिकटक आइडीबाट हातमा खुकुरी समातेर आम जनमानसमा आतंक सिर्जना हुने किसिमका भिडियो पोस्ट गरेका थिए।
उक्त गतिविधि समाजमा भय र असुरक्षा फैलाउने खालको देखिएकाले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।
