एकैदिन फरार १० प्रतिवादी समातिए

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

सोमबार सञ्चालन गरिएको “फरार प्रतिवादी पक्राउ विशेष अपरेशन” अन्तर्गत खटिएको प्रहरी टोलीले बाँके जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार फरार प्रतिवादीहरूलाई खोजी तथा नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिइएको छ । उनले यस्ता अपरेशन आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जानकारी दिएका छन् । प्रहरीले फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

Exit mobile version