राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

शिखा एकेडेमीले राष्ट्रिय स्तरको पौडी प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपालगन्ज स्वीमिङ्ग क्लबसँगको सहकार्यमा आगामी बैशाख २६ गते विद्यालय परिसरमा प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक सुर्यमणि अधिकारीले जानकारी दिए ।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा अधिकारीले देशभरबाट १८ विद्यालयका सय बढी विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाउने जानकारी दिए ।

यसअघि क्षेत्रीय स्तरको प्रतियोगिता आयोजना गरेको शिखाले यसबर्षदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको हो ।

Exit mobile version