रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

प्रेस काउन्सिल नेपालले नेपालगन्जकी पत्रकार रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

गहतराज सँगै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित भएका हुन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरुमा पत्रकार भोला पासवान र उमेश श्रेष्ठ छन् ।

यस बर्ष वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भए । सञ्चार तथा प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

Exit mobile version