नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को पशुपतिनगरमा २१ लाखको लागतमा नयाँ योजना कार्यान्वयनमा आएको छ ।
बिहीबार वडाध्यक्ष दिपक कुमार बर्माले सडक स्तरोन्नती तथा आरसीसी नाला निर्माणको उक्त योजना शिलान्यास गरेपछि कार्यान्वयनमा आएको हो ।
सडक स्तरोन्नती शिलान्यास गर्दै वडाध्यक्ष शर्माले चालु आर्थिक बर्ष भित्र नै झण्डै दुई दर्जन सडक तथा पूर्वाधार निर्माणका योजनाहरू सञ्चालन गर्ने जानकारी दिए । ‘प्रतिकुल परिस्थितिमा पनि सक्दो विकास निर्माणका काम अगाडि बढेका छन्’, वडाध्यक्ष बर्माले बजेट कटौती भैरहँदा पनि वडा नं. १८ को क्षेत्रफल ठूलो भएकाले सबैतिर योजना पुर्याउन निकै चुनौति भैरहेको बताए ।
दुई सय ४५ मिटरको आरसीसी नाला र सडक स्तरोन्नती पछि स्थानीयबासीलाई निकै राहत पुग्ने भन्दै शिलान्यासमा सहभागीहरु उत्साहित भएका थिए ।





























