नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को नौ महिनामा करिब १५ अर्ब राजश्व संकलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चैत्र महिनासम्म १४ अर्ब ८९ करोड ६३ लाख २८ हजार रूपैयाँ भन्सार राजश्व संकलन गर्न सफल भएको जानकारी दिए । उनका अनुसार, चैत्रको मासिक लक्ष्यको ८३.३३ प्रतिशत राजश्व संकलन भएको हो ।
चैत्र महिनाका लागि नेपालगन्ज भन्सार कार्यालयले २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रूपैयाँ भन्सार राजश्व असुलीको लक्ष्य राखेकोमा २ अर्ब १४ करोड २५ लाख ५४ हजार रूपैयाँ राजश्व असुली भएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कार्तिकमा ७६.४४ प्रतिशत, मंसिरमा ७६.२७ प्रतिशत, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत राजश्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनाहरूमा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत, ७२.३०, ८३.४५, ८३.२९, ८८.३४, ८८.३२ र ८३.३३ प्रतिशत राजश्व संकलन भएको छ ।





























