कारको ठक्करबाट बालकको मृत्यु

बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारको ठक्करबाट स्थानीय अरहानलाई बाप्र००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Exit mobile version