विभिन्न कर्मचारी सम्बद्ध संघ, संगठनहरुले कर्मचारी कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही माग गरेका छन् ।
कर्मचारी सम्बद्ध संग, संगठनको बिहीबार भएको संयुक्त बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर कर्मचारीहरुको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ज्ञापन पत्र पनि कर्मचारी संगठनहरुले बुझाएका छन् ।
खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई हातपात गरेपछि कर्मचारी आन्दोलित भएका छन् ।
वडा नम्बर ६ मा रहेको भानु मावि उढरापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शेषले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै हातपात गरेका थिए ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.