For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment

टिकटकले बनायो नेपाली ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रणाली, प्रतिबन्ध हटाउँदै सरकार !

byDainik Nepalgunj
February 27, 2024
in Entertainment
0 0
0
टिकटकले बनायो नेपाली ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रणाली, प्रतिबन्ध हटाउँदै सरकार !
Share on FacebookShare on Twitter

प्रकाशचन्द्र जोशी

छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले नेपाल सरकारको ‘गाइडलाइन’ अनुसार ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धताअनुसार परीक्षणका क्रममा ‘कन्टेन्ट फिल्टर’ भएमा टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी छ ।

सामाजिक सद्भाव भड्काउने काम भएको निष्कर्ष निकालेको सरकारले गत कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले टिकटकलाई अश्लील, हिंसा एवम् सामाजिक सद्भाव भड्काउने सामग्री रोक्न आग्रह गरेको थियो । त्यतिबेला टिकटकले आफूहरूसँग अन्तर्राष्ट्रिय मापदण्ड रहेको र नेपालका लागि पनि सोही मापदण्ड लागु हुने भनेको थियो ।

गत नोभेम्बरमा टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा नेपालको कानुन मानेर नकारात्मक कन्टेन्ट हटाइरहँदा पनि प्रतिबन्ध गरिनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको बताएको थियो । अहिले भने टिकटकले नेपाल सरकारले बनाएको मापदण्ड लागु गर्न आफू तयार रहेको बताएको हो । करिब दुई साताअघि टिकटकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको थियो । भेटमा टिकटकका अधिकारीहरूले आफूहरू नेपाल सरकारले भनेअनुसार ‘कन्टेन्ट फिल्टर’ गर्न र अन्य गाइडलाइनहरू मान्न तयार रहेको बताएका थिए । टिकटकको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पनि भेटेको थियो ।

कसरी फिल्टर गर्छ नेपाली कन्टेन्ट ?

टिकटकले आफ्नो प्लेटफर्ममा अपलोड हुने नेपाली भाषाका भिडियो, अडियो, अक्षर र लाइभ सबै फिल्टर गर्न सक्ने सिस्टम विकास गरेको दाबी गरेको छ ।

‘टिकटकले नेपाली भाषाको अडियो, भिडियो, अक्षर र लाइभ फिल्टर गर्ने सिस्टम बनाएको भनेको छ । त्यसमा हामीले नेपालीमात्रै नभएर नेपालभित्र बोलिने अन्य प्रमुख चार/पाँच भाषा पनि समेट्न भनेका छौँ,’ प्रधानमन्त्रीका सूचना तथा प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले भने । उनका अनुसार सुरुमा अन्तर्राष्ट्रिय मापदण्ड नै नेपालको हकमा लागु हुने बताएको टिकटकले अहिले नेपाल सरकारको दिशानिर्देश मान्न तयार रहेको बताएको छ ।

‘कन्टेन्ट फिल्टर’ सफल भए टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए ।

‘प्रतिबद्धता गरेर मात्रै भएन । उसले विकास गरेको त्यो सिस्टमले काम गर्छ कि गर्दैन भनेर सरकारले परीक्षण गर्छ । परीक्षण सफल भयो, गलत किसिमका कन्टेन्ट फिल्टर हुने देखियो भने टिकटक खुलाउने सरकारको तयारी छ,’ प्रधानमन्त्रीका आईटीविज्ञ रायमाझीले भने ।

गाइडलाइन विपरीतका कन्टेन्ट हटाउन टिकटकले ‘मानिस र मेसिनमा आधारित उपकरण’मा ठूलो लगानी गरेको बताएको छ । त्यसैअनुसार अश्लील, हिंसात्मक एवं सामाजिक सद्भाव बिगार्ने किसिमका नेपाली भाषाकै शब्द, आवाज र भिडियो ब्लक गर्ने वा हटाउने प्रविधि विकास गरेको टिकटकको दाबी छ । यसै प्रणालीलाई बलियो बनाउन टिकटकले नेपाली भाषी बजार विश्लेषकका लागि विज्ञापनसमेत खुलाएको छ । टिकटकमा कस्ता–कस्ता कन्टेन्ट फिल्टर गरेर हटाउने भन्ने निर्णय सरकारले गर्न सक्छ ।

नेपालकै लागि भनेर छुट्टै सिस्टम बनाउन किन तयार ?

प्रयोगकर्ताको संख्याका आधारमा विभिन्न देशको तुलनामा नेपाल टिकटकका लागि सानो बजार हो । नेपालको कुल इन्टरनेट ब्यान्डविथको झन्डै आधा हिस्सा टिकटकमै खपत हुने गरेको थियो । त्यसैले पनि टिकटकले नेपाललाई प्राथमिकतामा राखेर सरकारले भने अनुसार मान्न तयार भएको देखिन्छ ।

‘नेपालको झन्डै ५० प्रतिशत इन्टरनेट ब्यान्डविथ टिकटकमा खपत हुने गरेको तथ्यांक उनीहरूले देखाएका थिए । त्यसै कारणले नेपालकै लागि भनेर छुट्टै कन्टेन्ट मोडरेसन टुल बनाउँन उनीहरू तयार भएको हुनुपर्छ,’ रायमाझीले भने । सञ्चारमन्त्री शर्माले पनि टिकटकले जथाभाबी कन्टेन्ट हटाउने गरी अल्गोरिदम विकास गरेपछि खुला गर्न सकिने बताउँदै आएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै टिकटक खुला गर्न सकिने टिप्पणी गरेका थिए । टिकटकका प्रतिनिधि नेपाल आएर सम्बन्धित निकायहरूसँग छलफल गरिरहेको बताउँदै उनले भनेका थिए, ‘टिकटकले गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चिता भएको खण्डमा यसलाई नियमित गर्न नसकिने हैन ।’ यसअघि माघ अन्तिम साता टिकटकले नेपालको कानुनी प्रकिया मान्न र प्रत्यक्ष गुनासो राख्ने निकाय खोल्न तयार भएको प्रतिबद्धतासहित सञ्चार मन्त्रालयलाई पत्र पठाएको थियो ।

कम्पनीले थप नेपाली भाषी जनशक्ति राख्ने, देशव्यापी इन्टरनेट सुरक्षा अभियान र शैक्षिक विषवस्तु डिजिटलाइज गर्ने प्रतिबद्धता व्यक्त गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

यो खबर बाह्रखरीमा प्रकाशित छ ।

Previous Post

लुम्बिनी प्रदेशमा गाडी चालकलाई ड्रेस अनिवार्य

Next Post

एक युवकको शव नहरमा फेला

Next Post
एक युवकको शव नहरमा फेला

एक युवकको शव नहरमा फेला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

March 23, 2026
अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

March 23, 2026
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version